सन्दीपविरुद्धको बलात्कार मुद्दामा पीडितको जन्म दर्ता झिकाउन उच्च अदालतको आदेश

हिमाल प्रेस ३ वैशाख २०८१ १८:३३ | Monday, April 15, 2024
सन्दीपविरुद्धको बलात्कार मुद्दामा पीडितको जन्म दर्ता झिकाउन उच्च अदालतको आदेश फाइल तस्बिर

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार प्रकरणको मुद्दामा उच्च अदालत पाटनले गौशाला २६ (छ)को जन्मदर्ताका लागि दिएको सक्कल निवेदनसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको छ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ताका लागि दिएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको हो।

यसअघि जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाएर गौशाला २६ (छ) लाई बालिग ठहर गरेको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले पीडित बालिका नाबालिग नै भएको दाबी सरकारी वकिलले गरेको छ। सन्दीपले भने उनी बालिग ठहर भएको भन्दै आफूले सफाइ पाउनुपर्ने माग दाबी गरेका छन्। पीडितले भने लामिछानेमाथि थप सजायको माग गरेकी छन्।

२०८० पुस २१ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको थियो। त्यसपछि उनी उच्च अदालत पुगेका थिए।

प्रकाशित: ३ वैशाख २०८१ १८:३३ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast