सत्ता गठबन्धनको बैठक बस्दै

हिमाल प्रेस २ वैशाख २०८१ ७:५९ | Sunday, April 14, 2024
सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ- सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ बजे बोलाइएको छ।

आजको बैठकमा सुदूरपश्चिम सरकार निर्माणमा देखिएको समस्या र संसद्को अवरोधको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समय आज साँझ सकिन लागेको हो।

नाउपाका संस्थापक केन्द्रीय सदस्य रमेश बिकले भने आइतबार कैलाश चौधरीले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने बताए।

 

प्रकाशित: २ वैशाख २०८१ ७:५९ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast