शिवपुरीमा कमाण्ड तथा स्टाफ तालिम सुरु

हिमाल प्रेस ३ वैशाख २०८१ २०:४५ | Monday, April 15, 2024
शिवपुरीमा कमाण्ड तथा स्टाफ तालिम सुरु

काठमाडौँ- शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.३१ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ।

तालिमको शुभारम्भ गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रहरूमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौती बढेकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताए। उनले तालिममा सहभागी स्वदेशी तथा विदेशी शिक्षार्थीहरूलाई एक अर्कामा मित्रवत भई अनुभव आदानप्रदान गर्दै भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढंगले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न सुझाव दिए।

तालिममा नेपाली सेनाका महिला दुई जनासहित ५४ अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका १/१ गरी ३ जना अधिकृतहरू तथा बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यानमार, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका १/१ जना गरी १० विदेशी छन्।

प्रकाशित: ३ वैशाख २०८१ २०:४५ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast