‘शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार्नुपर्छ’

हिमाल प्रेस १ वैशाख २०८१ १४:२९ | Saturday, April 13, 2024
‘शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार्नुपर्छ’

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार जरुरी रहेको बताएकी छन्।

काठमाडौँमा शुक्रबार आयोजित दुर्गा दाहालको ७२औँ जन्मजन्ती समारोहमा मन्त्री चौधरीले बालमैत्री पाठ्यक्रम र योग्य शिक्षकबाट शिक्षामा परिवर्तन ल्याउन सकिने धारणा राखिन्।

धनकुटाको चौबिसे गाउँपालिका–३ का दुर्गा दाहाल शिक्षक, समाजसेवी र सहकारी अभियानकर्मी भएको उनले उल्लेख गरिन्। कार्यक्रममा मन्त्री चौधरीले दाहालले समाजमा दिएको योगदानको चर्चा गरिन्।

‘दाहाल जस्ता थुप्रै सकारात्मक सोच भएका व्यक्तिको जीवनीबाट समाजमा थप असल काम गर्न हौसला मिल्छ’, उनले भनिन्। दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले सो कार्यक्रममा मानवशास्त्री एवं प्रा.डा.डम्बर चेम्जोङलाई सम्मान गरेको थियो।

मन्त्री चौधरीले उनलाई ताम्रपत्र, दोसल्ला र १० हजार नगदसहित सम्मान गरिन्।

प्रकाशित: १ वैशाख २०८१ १४:२९ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast