शिक्षामन्त्री सुमना श्रेष्ठ। फाइल तस्बिर।
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफ्नो एक महिने प्रगती विवरण सार्वजनिक गरेकी छन्।
मन्त्रीको पदभार सम्हालेको एक महिनामा विद्यालय शिक्षा, उच्च शिक्षा, सुशासन प्रवर्द्धन, छात्रवृत्ति, शैक्षिक गुणस्तर परीक्षण र वैदेशिक सम्बन्धनजस्ता विषयमा काम गरेको श्रेष्ठले जानकारी दिइन्।
शुक्रबार शिक्षा मन्त्रालयमै पत्रकार सम्मेलन गरेकी उनले उल्लेखित कामहरू कतिपय सम्पन्न भइसकेको र प्रक्रियामा रहेको बताइन्।
उनले शिक्षा विधेयकदेखि शिक्षक दरबन्दी र उच्च शिक्षासम्बन्धी चारवटा कार्यदल गठन गरेर काम सुरु गरेको प्रगती विवरणमा उल्लेख गरेकी छन्।
हेर्नुस् प्रगती विवरण
प्रकाशित: २४ चैत २०८० १८:५४
प्रतिक्रिया



