शिक्षक बढुवा नतिजा सार्वजनिक [नतिजासहित]

हिमाल प्रेस २९ चैत २०८० १३:२२ | Thursday, April 11, 2024
शिक्षक बढुवा नतिजा सार्वजनिक [नतिजासहित]

काठमाडाैँ- बागमती प्रदेशअन्तर्गत जिल्लाका शिक्षक बढुवा नतिजा सार्वजनिक गरिएकाे छ। बढुवा सिफारिस समितिको सचिवालय,शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश, हेटौँडाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा नतिजा सार्वजनिक गरिएकाे जनाएकाे छ।

बढुवाको लागि निवेदन पर्न आएका उम्मेदवारमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको बढुवा नामावली सार्वजनिक गरिएकाे बढुवा सिफारिस समितिले जनाएकाे छ।

बढुवा सिफारिस समितिकाे भनाइमा बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र माध्यमिक तह द्वितीय श्रेणीको ६०० र निम्न माध्यमिक तह द्वितीय श्रेणीको ५०० रुपैयाँ निर्देशनालयको कार्यालय कोड नं. ३५००१३२०३३, राजस्व खाता नं. १०००१००२०००१०००० राजस्व शीर्षक नं १४२२९ मा जम्मा गरी यस निर्देशनालयमा उजुरी दिने सकिने छ।

नतिजा हेर्नुस्

प्रकाशित: २९ चैत २०८० १३:२२ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast