व्यापारी हत्या प्रकरण : माओवादीका पूर्वकमान्डर कालीबहादुर पक्राउ

हिमाल प्रेस २० चैत २०८० १५:५७
व्यापारी हत्या प्रकरण : माओवादीका पूर्वकमान्डर कालीबहादुर पक्राउ

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। २०६५ साल वैशाख १५ गते कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा फरार रहेका माओवादीका पूर्वकमान्डरसमेत रहेका कालीबहादुर पक्राउ परेका हुन्।

जिल्ला प्रहरी काठमाडौँ परिसरको टोलीले आज मंगलबार दिउँसो काठमाडौँकै ठमेलबाट पक्राउ गरेको परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए। खत्रीका अनुसार कालीबहादुर १५ वर्षयता प्रहरीको फरार सूचीमा थिए। उनी माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य पनि हुन्।

 

प्रकाशित: २० चैत २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast