वेस्टइन्डिजविरुद्धको पहिलो टी-२० खेलमा नेपालले पायो २०५ रनको लक्ष्य

हिमाल प्रेस १५ वैशाख २०८१ १४:११ | Saturday, April 27, 2024
वेस्टइन्डिजविरुद्धको पहिलो टी-२० खेलमा नेपालले पायो २०५ रनको लक्ष्य

काठमाडौँ- वेस्टइन्डिजविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा नेपालले लागि २०५ रनको लक्ष्य पाएको छ।

त्रिवि मैदान किर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले ५ विकेट गुमाएर २०४ रनको योगफल तयार गरेको हो।

वेस्टइन्डिजका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए। उनले

त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले।

उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए। किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १-१ विकेट लिए।

खेलको दोस्रो इनिङ्स केही समयमा सुरु हुनेछ।

प्रकाशित: १५ वैशाख २०८१ १४:११ | Saturday, April 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast