वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजका लागि नेपाली टिममा थपिए चार खेलाडी

हिमाल प्रेस १४ वैशाख २०८१ १८:०८ | Friday, April 26, 2024
वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजका लागि नेपाली टिममा थपिए चार खेलाडी लोकेश बम ।

काठमाडौँ- शनिबारदेखि सुरु हुने वेस्ट इन्डिज ‘ए’विरुद्धको ट्वान्टी-२० शृंखलाका लागि नेपाली टोलीमा चार खेलाडी थपिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई टोलीममा समावेश गरिएको जानकारी दिए।

योसँगै पाँच खेलको शृंखलाका लागि नेपाली टोलीमा २० खेलाडी भएका छन्। चारै खेलाडीले नेपाल ‘ए’ बाट आयरल्यान्ड ‘ए’विरुद्धको शृंखला खेलेका थिए। यसअघि क्यानले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो। जसमा एसिसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई थपिएको थियो।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, अनिल शाह, विनोद भण्डारी, आरिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम 

प्रकाशित: १४ वैशाख २०८१ १८:०८ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast