वृद्धि, वितरण, दिगोपन र खुसीपनका चार आयामसहितको विकासको बाटो नेपालले लिनुपर्छ : डा.भट्टराई

हिमाल प्रेस ३० चैत २०८० ८:१५ | Friday, April 12, 2024
वृद्धि, वितरण, दिगोपन र खुसीपनका चार आयामसहितको विकासको बाटो नेपालले लिनुपर्छ : डा.भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वृद्धि, वितरण, दिगोपन र खुसीपनका चार आयामसहितको विकासको बाटो नेपालले लिनुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ वार्षिक साधारणासभा एवं उद्योग वाणिज्य दिवस २०८० का अवसरमा काठमाडौँमा बोल्दै डा.भट्टराईले यस्तो बताएका हुन्।

पूर्वअर्थमन्त्री समेत रहेका डा.भट्टराईले अहिले विश्वका विकसित मुलुकको चौँथो चरणको औद्योगिक क्रान्ति चलिरहेकोमा नेपाल भने औद्योगिक क्रान्तिको पहिलो चरणमै रहेको बताए।

डा.भट्टराईले नेपालको आर्थिक नीति कस्तो हुने भन्नेबारेमा संविधानले स्पष्ट नीति लिएको भए पनि त्यसको कार्यान्वयनमा समस्या र अस्पष्टता रहेको बताए।

डा.‘भट्टराईले भने,झसंविधानमार्फत हाम्रा आर्थिक नीतिहरूले स्पष्ट दिशाबोध गरेको छ। तर हाम्रो बुझाइमा एकरूपता छैन। संविधानले राज्य, बजार र उपभोक्ताको सन्तुलित भूमिका खोज्ने भनेको छ।’

अर्थतन्त्रको सुधारका लागि केही संरचनात्मक सुधार आवश्यक रहेको र त्यसका लागि सबैभन्दा पहिला राजनीतिक सुधार अपरिहार्य रहेको डा.भट्टराईले बताए। उनको भनाइमा स्थिर राजनीति र कुशल नेतृत्वबाटै अर्थतन्त्र सुधार सम्भव हुन्छ।

प्रकाशित: ३० चैत २०८० ८:१५ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast