काठमाडौँ- नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकले सम्मान गर्ने निर्णय गरेको छ।
परिषद् बैठकको अध्यक्षता गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको प्रस्ताव प्रस्तुत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई सम्मान गर्न लागेको बताएका हुन् ।
एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारी दुईपटक राष्ट्रपति भएकी थिइन् ।
पोखरेलले राष्ट्रपति पदमा निर्वाचित भएर पनि अत्यन्त चुनौतीपूर्ण अवस्थामा पनि महत्त्वपूर्ण ढंगले भूमिका खेलेको तथा अडान लिएको विषय एमालेको लागि गौरव बनेकाले सम्मान गर्न लागेको बताए ।
प्रकाशित: १० वैशाख २०८१ ७:२६ | Monday, April 22, 2024
प्रतिक्रिया




