विद्यालय शिक्षा नि:शुल्क गर्न माग गर्दै नेविसंघले बुझायाे देशैभरका पालिकामा ज्ञापनपत्र

हिमाल प्रेस ६ वैशाख २०८१ १५:३८ | Thursday, April 18, 2024
विद्यालय शिक्षा नि:शुल्क गर्न माग गर्दै नेविसंघले बुझायाे देशैभरका पालिकामा ज्ञापनपत्र

काठमाडौँ-  नेपाल विद्यार्थी संघले विद्यालय शिक्षा पूर्ण नि:शुल्क गर्न माग गर्दै ७५३ वटै पालिकामा एकसाथ ज्ञापनपत्र बुझाएकाे छ। संघका अध्यक्ष दुजाङ शेर्पाले नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एवं उन्नयन गर्ने मूल उद्देश्यका साथ सबै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तहसम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न १७ बुँदे ज्ञापनपत्र बुझाएकाे बताए।

जसकाे पहिलाे बुँदामै विद्यालय शिक्षा नि:शुल्क हुने संविधानकाे व्यवस्था कडाईका साथ लागू हुनुपर्ने माग गरिएकाे छ। `नेपालको संविधान, २०७२ को धारा ३१,अनिवार्य तथा नि:शुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २(छ), सोही ऐनको दफा २० र नियमावली २०६६ को नियम ५ अनुसार माध्यमिक तह सम्मको शिक्षा नि:शुल्क हुने व्यवस्था भएपनि अधिकांश विद्यालयहरूले विद्यार्थी एवं अभिभावकबाट भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, वार्षिक शुल्क, पाठ्यपुस्तक शुल्क, प्रमाणपत्र शुल्क लगायत अन्य शुल्क उठाउँदै आइरहेको देखिन्छ तसर्थ नेपालको संविधान लाई आत्मसात गर्दै विद्यालय शिक्षा पूर्णत: नि:शुल्क गर्न माग गर्दछौँ´, संघकाे ज्ञापनपत्रमा भनिएकाे छ।

त्यस्तै नेविसंघले निजि विद्यालयले स्टेशनरी र युनिफर्ममा लगाएकाे सिण्डिकेट अन्त्य गर्नुपर्ने, एकपटक भर्ना गरेपछि हरेक वर्ष भर्ना गर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग पनि गरेकाे छ। त्यस्तै हरेक शुक्रबार हप्ताकाे एक दिन विद्यार्थीका लागि स्किल अप अर्था सिपमूलक कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि नेविसंघको माग छ।

`यस पालिका अन्तर्गत स्थापना भएका प्रत्येक विद्यालयमा छात्राहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै “एक छात्रामैत्री कक्ष” सहित “एक नर्सिङ कक्ष” स्थापना गर्न गराउन माग गर्दछौँ ,´नेविसंघको माग छ।

प्रकाशित: ६ वैशाख २०८१ १५:३८ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast