विद्यार्थी भर्ना अभियानमा सहजीकरण गर्न एकाई र स्थानीय तहलाई केन्द्रको अनुरोध

हिमाल प्रेस २९ चैत २०८० १४:५६ | Thursday, April 11, 2024
विद्यार्थी भर्ना अभियानमा सहजीकरण गर्न एकाई र स्थानीय तहलाई केन्द्रको अनुरोध

काठमाडाैँ- शिक्षा तथा मानव स्राेत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरणका लागि कार्ययोजना कार्यान्वयनका लागि शिक्षा विकास तथा समन्वय एकाई र स्थानीय तहलाई अनुराेध गरेकाे छ।

शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ देशभर वैशाख २ गतेदेखि सुरु हुँदैछ।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराइ शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्नका लागि कार्ययोजनासमेतलाई मध्येनजर गरी स्थानीय तहले निर्देश गरे बमोजिम आआफ्नो क्षेत्रमा अभियान सञ्चालन गर्न केन्द्रले अनुरोध गरेकाे छ।

 

प्रकाशित: २९ चैत २०८० १४:५६ | Thursday, April 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast