‘वाइवाई चाउचाउको विषयमा फैलाइएको भ्रमको विश्वास नगर्न आग्रह’

हिमाल प्रेस १७ वैशाख २०८१ १५:१९ | Monday, April 29, 2024
‘वाइवाई चाउचाउको विषयमा फैलाइएको भ्रमको विश्वास नगर्न आग्रह’

काठमाडौँ– विश्वभर लोकप्रिय बन्दै गइरहेको वाइवाई चाउचाउलाई बदनाम गराउने हर्कत भइरहेकोले त्यसको पछि नलाग्न चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले आम उपभोक्तालाई आग्रह गरेका छन्। भ्रमपूर्ण प्रचारको पछि नलाग्न र ढुक्क भएर आफ्ना उत्पादन उपयोग गर्न उनले आग्रह गरेका हुन्।

यदि कसैलाई यस्तो विषयमा श्रका लागेमा समय मिलाएर चौधरी ग्रुपले चाउचाउ उत्पादन गर्ने उद्योगमा समेत भ्रमण गर्न दिने जनाएको छ। ‘आम उपभोक्तामा अनावश्यक डर र त्रास श्रृजना गराउने काममा लागेकाहरू प्रति हामी सजक छौ र आम उपभोक्ताले पनि त्यस्तो हल्लालाई बुझ्न आवश्यक छ,’ उनले भने,’हामी हाम्रो गुणस्तारमा र प्रमाणीत मापदण्डमा अडिक छौ र रहने छौँ।’

केही दिनअघि वाइवाई चाउचाउमा अखाद्य वस्तु भेटिएको भनी चर्चा भएको भन्दै यस्तो हल्ला किन गरिन्छ त्यो अचम्मकै विषिय बनेको बताउँदै यसमा हल्ला गर्नेलाई के फाइदा हुने हो।

‘चाउचाउलाई आइपीओमा लैजाने घोषणा भए लगत्तै यस्तो हल्लाहरू आउन थालेको हो,’ उनले सोमबार बिहान भने, ‘अचम्मकै कुरा भन्नुपर्छ– वाइवाई विश्वभर लोकप्रिय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानुन्।’

उनले आफ्नो वक्तब्यमा आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गरेका छन्। यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्न तयार रहेको पनि उनले बताए। वाइवाई ब्रान्डलाई बदनाम गर्न झुटा प्रचार सुरु गरिनु दुखद् भएको पनि उ नको दाबी छ। हामी साच्चै उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशील रहेको र रहिरहने उनले बताए।

‘हामीले पटकपटक भनेका छौँ कि वाइवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाइवाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्,’ उनको वक्तब्यमा उल्लेख छ।

यस्तो छ उनको पूरा वक्तव्यः

वाइवाई नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्रान्ड बनिसकेछ र यो अझै विश्वका अन्य देशहरूमा फैलिँदै गएको छ। हालै जब हामीले आईपीओमा जाने घोषणा गर्‍यौँ, त्यसपछि वाइवाई ब्रान्डलाई बदनाम गर्ने प्रयासस्वरूप केही गलत हर्कतहरू भइरहेका छन् भन्नेमा कुनै शंका छैन। चौधरी समूहविरुद्ध झुटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन्। जसमा वाइवाईलाई निशाना बनाइएको छ। हामीले पटकपटक भनेका छौँ कि वाइवाईले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ। खाद्य प्राविधिज्ञहरूले वाइवाईको गुणस्तर नियमित जाँच गर्ने गरेका छन्।

अचम्मकै कुरा भन्नुपर्छ- वाइवाई विश्वभर लोकप्रीय नेपाली स्वादका रूपमा स्थापित हुँदै जाँदा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौँ। नेपाली पहिचानकै रूपमा विश्वव्यापी ब्रान्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ ? त्यो उनैले जानुन्। त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौँ र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौँ।

प्रकाशित: १७ वैशाख २०८१ १५:१९ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast