वन डढेलो संकट घोषणा गर्न माग

हिमाल प्रेस २८ चैत २०८० २०:३४ | Wednesday, April 10, 2024
वन डढेलो संकट घोषणा गर्न माग फाइल तस्बिर।

काठमाडौँ- नेपाल वन प्राविधिक संघ (एनएफए) ले वन डढेलो संकट घोषणा गर्न सरकार समक्ष माग गरेको छ।

आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो वन डढेलो नियन्त्रणका लागि संकटकाल घोषणा गर्न माग गरेको हो।

महासंघका अध्यक्ष राकेश कर्णले वन डढेलोका कारण देशव्यापी रूपमा प्रभाव परेको, वातावरणीय प्रदूषण बढिरहेकोले वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताएका छन्।

‘वन डढेलोको कारण वनविनाश भएको छ, बस्ती जोगाउनै मुस्किल भएको छ,’ उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि जुटाउन र संकट घोषण गर्न आवश्यक छ।’ उनले वन डढेलो नियन्त्रणको क्रममा मृत्यु हुने नेपाली सेनाका जवान प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे।

प्राकृतिक स्रोत संरक्षण कार्य चुनौतीपूर्ण रहेको डोल्पाको घटनाले प्रष्ट पारेको उनको भनाइ छ। वन डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका जवानलाई संरक्षण सहिद घोषणा गर्न र घाइतेको निःशुल्क उपचार गर्न एनएफएले माग गरेको छ। मृतकको परिवारजनलाई राहत उपलब्ध गराउन माग गरिएको छ।

प्रकाशित: २८ चैत २०८० २०:३४ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast