लुम्बिनीमा वसन्तको बहार [तस्बिरहरू]

विनोद परियार ३० चैत २०८० १४:५८ | Friday, April 12, 2024
लुम्बिनीमा वसन्तको बहार [तस्बिरहरू]

लुम्बिनी– यो मौसम हो वसन्त ऋतुको। ऋतुहरूको राजा वसन्तमा प्रकृतिले आफ्नो सान्दर्य धर्तीमा खन्याइदिएको हुन्छ। शान्तिको मुहान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि यति बेला थरीथरीका फूल र हरियालीले सजिएको छ। मायादेवी मन्दिर वरपर बेगमबेलीलगायतका फूल फुलेका छन्। थरीथरीका फूलको सुगन्धबाट प्राप्त हुने आनन्द अलौकिक छ।

मायादेवी मन्दिरको दक्षिण पुष्करणी पोखरीछेउमा रहेको पीपलमा नयाँ पालुवा पलाएको छ। पालुवा फेर्दै गरेका बोटबिरुवा अनि वसन्तसँगै फर्किएका फूलले पर्यटक लोभिएका छन्।

लुम्बिनीमा बाह्रै महिनाजसो फूल फुलिरहेका हुन्छन् तर वसन्त ऋतुमा फूलले लुम्बिनीको सुन्दरता झन् थपेको छ। केन्द्रीय नहर र पोखरीमा कमलका फूल फक्रँदै छन्। नयाँ पालुवाको छायामा पर्यटक रमाइरहेका छन्।

पवित्र बगैँचा क्षेत्रमा मात्रै होइन, विभिन्न देशका विहारमा पनि वसन्त ऋतुले प्रकृति आकर्षक बनेका छन्। लुम्बिनीमा नेपालसँगै धेरै मुलुकका आआफ्ना कला, शैली र कलाकृत झल्किने मन्दिर छन्।

नयाँ वर्ष २०८१ को आगमनको पूर्वसन्ध्यामा लुम्बिनीमा फुलेका फूलले स्वागत गर्ने तयारी गरेको भान हुन्छ।

 

प्रकाशित: ३० चैत २०८० १४:५८ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast