लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

हिमाल प्रेस ३० चैत २०८० ११:०२ | Friday, April 12, 2024
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिने

लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे लुम्बिनी प्रदेशसभा बैठकमा महराले विश्वासको मत लिने भएका हुन्।

गत शुक्रबार नियुक्त भएका महराले चैत २५ गते प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सपथ लिएका थिए। महरालाई गठबन्धन दल एमालेको २९, माओवादी केन्द्र १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एस १ र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन छ।

प्रदेशसभाका ८७ सांसदमध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। महराले विश्वास मत लिनुअगाडि एकीकृत समाजवादी र नागरिक उन्मुक्ती पार्टीले लुम्बिनी प्रदेशमा सरकार गठन हुनुअघि दलहरूको बीचमा भएको सहमति कार्यान्वयन गर्ने दबाब दिएका छन्।

नेकपा एकीकृत समाजवादीले सहमति पालना नभए मुख्यमन्त्री महरालाई विश्वासको मत नदिने अडान राखेको छ।

लुम्बिनीमा सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन मन्त्री दिने सहमति भएको थियो। तर मुख्यमन्त्रीले सहमति कार्यान्वयन नहुँदै चैत ३० गते विश्वासको मत लिन थालेको भन्दै एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालय सचिव सुदन खनालले पूर्व सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिन नसकिने अडान राखेका हुन्।

यसअघि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा नाउप संसदीय दलका नेता धर्मबहादुर चौधरी भौतिकमन्त्री थिए।

प्रकाशित: ३० चैत २०८० ११:०२ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast