लिग वानको उपाधि पीएसजीलाई

हिमाल प्रेस १७ वैशाख २०८१ ९:१२ | Monday, April 29, 2024
लिग वानको उपाधि पीएसजीलाई

काठमाडौँ- पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानको उपाधि जितेको छ।

आइतबार राति दोस्रो स्थानको मोनाको लिओनसँग ३–२ ले पराजित भएपछि शीर्ष स्थानको पीएसजीले १२ अंकको अग्रता बनाउँदै उपाधि जितेको हो।

पीएसजीले पछिल्लो ११ वर्षमा १० पटक फ्रेन्च लिगको उपाधि उचालेको छ। क्लब इतिहासमा जितेको यो ५०औँ उपाधि हो।

पीएसजीले ३१ खेलबाट ७० अंक जोडेको छ। मोनाकोको समान खेलबाट ५८ अंक छ ।

 

प्रकाशित: १७ वैशाख २०८१ ९:१२ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast