लगानी सम्मेलनले नेपाललाई नयाँ उचाइमा पुर्‍याउँछ : अर्थमन्त्री पुन

हिमाल प्रेस १६ वैशाख २०८१ १०:५५ | Sunday, April 28, 2024
लगानी सम्मेलनले नेपाललाई नयाँ उचाइमा पुर्‍याउँछ : अर्थमन्त्री पुन वर्षमान पुन। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी सम्मेलनको उद्घाटन गरेका छन्।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई लगानी सम्मेलनले नयाँ उचाईमा पुर्‍याउने बताउँदै नेपालमा लगानी गर्ने बाटो खुलेको बताएका छन्।

दुई दिनसम्म चल्ने लगानी सम्मेलन लगानीकर्ताका लागि महत्त्वपूर्ण अवसर भएको उनले बताए। ‘गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य हो। सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरू शोकेसमा राखिएको छ,’ उनले भने।

सम्मेलनकाे क्रममा लगानीकर्ता र सरोकारबीच धेरै सम्झौता र सहकार्यका लागि विभिन्न परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने उनको भनाइ छ।

लगानी सम्मेलनबाट विकास आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि नेटवर्किङ गर्ने अवसरमा रुपान्तरण हुने उनले जानकारी दिए।

लगानी सम्मेलनमा ५५ देशका नीति निर्माताहरू, लगानीकर्ताहरू, विशेषज्ञहरू र अन्य सरोकारवालाहरू पनि सहभागी भएका छन् साथै स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रका लगानीकर्ता सहभागी भएका छन्।

प्रकाशित: १६ वैशाख २०८१ १०:५५ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast