बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार

हिमाल प्रेस ११ वैशाख २०८१ १५:४० | Tuesday, April 23, 2024
बोर्डद्वारा लगानी सम्मेलनका लागि १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार

काठमाडौँ– लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रश्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार पारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलवार काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट सो सम्मेलनमा प्रस्तुतीका लागि १४८ वटा परियोजना प्रस्ताव तयार पारिएको जानकारी गराएको हो।

यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन हुँदैछ। निजी क्षेत्रलाई समेत प्राथमिकता दिएर तयार पारिएको सो प्रस्ताव बोर्ड बैठकमा पेस गरिएको बोर्डका प्रवक्ता पद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार त्यसमा केही परियोजनाहरु छुटेको तय थप गर्न पनि प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका थिए। त्यसैगरी बैठकले ह्वासिङ नारायणी सिमेन्टको थप लगानी सम्बन्धि प्रस्ताव पनि स्वीकृत गरेको छ। बिना स्वीकृति थप लगानी भित्रिएकाले थपिएको अन्योलतालाई चिर्ने काम बोर्ड बैठकले गरेको पनि बोर्डका प्रवक्ता उपाध्यायले बताए।

ह्वासिङ नारायणी सिमेन्टले ६ अर्ब ६३ करोड ४० लाख थप बजेट लगानी गर्ने प्रस्ताव ल्याएको थियो। त्यसमा लगानी गर्नु अघि बोर्डको अनुमति लिनुपर्ने व्यवस्था छ। त्यसैगरी डाबर नेपाल प्राईभेट लिमिटेडले इन्भेष्टमेण्ट थप्ने र प्रोडक्टलाई पनि थप्ने भन्ने प्रस्तावलाई पनि बैठकले स्वीकृति प्रदान गरेको छ।

बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरुले सरकारले लगानीका लागि आवश्यक कानुनी व्यवस्था गर्दै लगेको भन्दै सरकारप्रति आभार पनि व्यक्त गरेको लगानी बोर्डले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०८१ १५:४० | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast