राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्यलाई मनोनीत गर्न सिफारिस

हिमाल प्रेस ३० चैत २०८० १५:४१ | Friday, April 12, 2024
राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्यलाई मनोनीत गर्न सिफारिस

काठमाडौँ- सरकारले राष्ट्रियसभाको रिक्त पदमा डा‍. अन्जान शाक्यलाई मनोनीत गर्न सिफारिस गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘राष्ट्रियसभाको रिक्त रहेको पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न सिफारिस गरिएको छ,’ शुक्रबार बैठकपछि शर्माले भनिन्। शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन्।  त्यस्तै परराष्ट्रमामिला अध्ययन प्रतिष्ठानकी अध्यक्षसमेत थिइन्।

संखुवासभा घर भएकी उनी नेपाल टेलिभिजनकी पूर्वसमाचार प्रस्तोता पनि हुन्। व्यवस्थापन विषयमा विद्यावारिधि (पीएचडी) गरेकी शाक्यले पद्मकन्या कलेजमा २०५३ देखि करिब एक दशक प्राध्यापन गरेकी थिइन्।

साथै अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष, नेपाल ओमेन च्याम्बरको अध्यक्ष लगायतको पदमा रहेर काम गरेको अनुभव उनीसँग छ।

प्रकाशित: ३० चैत २०८० १५:४१ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast