राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित

हिमाल प्रेस २८ चैत २०८० १५:१८ | Wednesday, April 10, 2024
राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित राष्टियसभा उपाध्यक्ष विमला घिमिरे।

काठमाडौँ- राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले) की विमला घिमिरे निर्वाचित भएकी छन्। बुधबारको राष्ट्रियसभा बैठकमा भएको मतविभाजनबाट उनी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन्।

उपाध्यक्षमा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो। विपक्षमा १६ मत खस्यो। बैठकमा ५५ सांसद उपस्थित रहेका थिए। त्यसअघि भएको मतविभाजनमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको थियो। प्रस्तावको पक्षमा १६ र विपक्षमा ३९ मत खसेको थियो। यसअघिकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त भएको पदमा आज निर्वाचन भएको हो।

प्रकाशित: २८ चैत २०८० १५:१८ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast