राजनीतिक स्थायीत्वका लागि कांग्रेस-एमाले मिल्नुको विकल्प छैन : शेखर कोइराला

हिमाल प्रेस १७ वैशाख २०८१ १७:३७ | Monday, April 29, 2024
राजनीतिक स्थायीत्वका लागि कांग्रेस-एमाले मिल्नुको विकल्प छैन : शेखर कोइराला डा. शेखर कोइराला। फाइल तस्बिर

झापा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने बताएका छन्। राजनीतिक स्थायित्वबिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्कने बताएका हुन्।

‘कुनै पनि देशले लगानी गर्नुपुर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ भन्ने कुरा हेर्छ,’ कोइरालाले भने ,’ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रन्छ?’

झापाको गौरादहमा नेपाली कांग्रेस गौरादह नगर कार्यसमितिको नवनिर्मित ‘वीपी स्मृति भवन’ उदघाटन् समारोहलाई सम्बोधन गर्दै कोइरालाले सरकार चलाउन भन्दा पनि निर्वाचन प्रणाली परिवर्तन गरेर राजनीतिक स्थायीत्वका लागि कांग्रेस र एमाले एकै ठाउँमा उभिनपर्ने दोहोर्‍याए।

अहिलेको निर्वाचन प्रणाली नै राजनीतिक स्थायित्वको बाधक रहेको भन्दै कोइरालाले यो निर्वाचन प्रणाली रहँदासम्म राजनीतिक स्थायित्व नहुने बताए। राजनीतिक स्थायीत्वबिना आर्थिक बिकास नहुने पनि उनले बताए।

यतिबेला आफू कुनै पनि हालतमा निर्वाचन प्रणाली परिवर्तन गरिछाड्ने अभियानमा लागेको समेत बताए। संकटको यो समयमा देशलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

प्रकाशित: १७ वैशाख २०८१ १७:३७ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast