यी तीन सांसद संसद्‌को १० भन्दा बढी बैठकमा सहभागी भएनन्

हिमाल प्रेस २ वैशाख २०८१ १७:१७ | Sunday, April 14, 2024
यी तीन सांसद संसद्‌को १० भन्दा बढी बैठकमा सहभागी भएनन्

काठमाडौँ- प्रतिनिधिसभाको १० बैठकमा तीन जना सांसद लगातार अनुपस्थित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

नेकपा एमालेका सांसद वसन्तकुमार नेम्वाङ १७ माघ २०८० देखि २ वैशाख २०८१ सम्म १२ वटा बैठकमा अनुपस्थित छन्। उनी बिमारीका कारण अनुपस्थित भएको संसद् सचिवालयले जानकारी दिएको छ।

नेपाली कांग्रेसका सांसद मनोरमा शेरचन २९ फागुन २०८० देखि २ वैशाख २०८१ सम्म १३ वटा बैठकमा अनुपस्थित भएकी छन्। उनको थेरापी चलिरहेकाले अनुपस्थित भएको जनाइएको छ।

त्यस्तै, जनमत पार्टीकी सांसद सोनु मुर्मु पनि १० वटा बैठकमा अनुपस्थित भएकी छन्। १४ फागुन २०८० देखि ७ चैत २०८० सम्मका १० वटा बैठकमा उनी अनुपस्थित भएकी थिइन्। आमा र श्रीमान्‌को उपचारका लागि भारत जानुपर्ने भएकाले उनी अनुपस्थित भएको जनाइएको छ।

प्रकाशित: २ वैशाख २०८१ १७:१७ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast