मोरङको रानी क्षेत्र तनावग्रस्त : नौजना प्रहरी घाइते

हिमाल प्रेस ५ वैशाख २०८१ १७:५३ | Wednesday, April 17, 2024
मोरङको रानी क्षेत्र तनावग्रस्त : नौजना प्रहरी घाइते

काठमाडौँ- मोरङको विराटनगरस्थित रानी क्षेत्र तनावग्रस्त भएको छ। विराटनगर-१५को रानी क्षेत्रमा एक समूहले निकालेको र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि विवाद बढेको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए।

उनका अनुसार भीड नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्यास तथा हवाई फायर गरेको छ ।

यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले र्‍याली नल्याएको यसवर्ष किन ल्याउनु पर्यो भन्दै मुस्लिम समुदायले र्‍याली रोक्न खोजेपछि झडप भएको हो। तीन ठाउँमा झडप हुँदा ९ जना प्रहरी र दुवै समुदायका केही व्यक्तिहहरू घाइते भएका छन्।

प्रकाशित: ५ वैशाख २०८१ १७:५३ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast