मासिक शुल्क सीमा ताेकियाे, कुन तहमा कति?

हिमाल प्रेस ३ वैशाख २०८१ १५:५० | Monday, April 15, 2024
मासिक शुल्क सीमा ताेकियाे, कुन तहमा कति?

काठमाडौँ- विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले नगरभित्रका सबै संस्थागत विद्यालयका लागि मासिक शुल्क सीमा तोकेको छ।

नगर शिक्षा समितिको चैत २८ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८१ मा पनि संस्थागत विद्यालयमा मासिक शुल्क अघिल्लै वर्षको निरन्तरता गरिएको हो।

आधारभूत तह (कक्षा ०–५) सम्म १७०० देखि २२०० सम्म, आधारभूत तह (कक्षा ६–८) २२०० देखि २७०० सम्म, माध्यमिक तह (कक्षा ९–१२) २७०० देखि ४००० सम्म तोकिएको छ। कक्षागत रूपमा विद्यार्थीको शुल्क अनुपात फरक–फरक गर्नुपर्ने महाशाखाले जनाएको छ।

शिक्षा नियमावली २०५९ को अनुसूची २२ को खण्ड (ख) को उपखण्ड ७ बमोजिमको प्रक्रिया पूरा गरी विद्यालयले प्रदान गरेको सेवा सुविधाका आधारमा (ख) वर्गका विद्यालयका लागि अधिकतम थप २५ प्रतिशसम्म तथा (क) वर्गका विद्यालयका लागि थप अधिकतम ५० प्रतिशतसम्म शुल्क लिन पाइने महाशाखाले पत्रमा उल्लेख गरेको छ।

प्रकाशित: ३ वैशाख २०८१ १५:५० | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast