माधव नेपालले भने : गठबन्धनमा असहज भइरहेको छ

हिमाल प्रेस १० वैशाख २०८१ १०:५७ | Monday, April 22, 2024
माधव नेपालले भने : गठबन्धनमा असहज भइरहेको छ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आफूहरूलाई असहज भइरहेको बताएका छन्।

उनले सोमबार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै गठबन्धनमा असहज तरिकाले अघि बढेको नेपालले बताएका थिए।

नेपालको राजनीति जटिल रहेको बताउँदै उनले भने, ‘छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ। कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ।’

गठबन्धनको भविष्यमा उठेको प्रश्नको उत्तर आफूसँग नभएको बताउँदै नेता नेपालले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने बताए।

प्रकाशित: १० वैशाख २०८१ १०:५७ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast