महाधिवेशनका एजेन्डा तय गर्न जसपाको कार्यकारी समितिको बैठक बस्दै

हिमाल प्रेस १४ वैशाख २०८१ ६:३४ | Friday, April 26, 2024
महाधिवेशनका एजेन्डा तय गर्न जसपाको कार्यकारी समितिको बैठक बस्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी नेपाल(जसपा)ले महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ।

बालकुमारीस्थित पार्टी कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय हुने जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले बताए।

जसपाको महाधिवेशन जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने तय भएको छ। महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकिएको छ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ।

ती प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । साथै, पार्टीको संगठित सदस्य तथा महाधिवेशन प्रतिनिधिको बारेमा पनि छलफल हुने बताइएको छ।

संगठित सदस्यको नाम प्रदेशबाट केन्द्रीय कार्यालयमा आइसकेका छन्। सो नामलाई अन्तिम रूप दिने काम संगठन विभागले गरिरहेको छ।

 

प्रकाशित: १४ वैशाख २०८१ ६:३४ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast