मलामी बोक्ने बसलाई विराटनगर महानगरले निःशुल्क इन्धन दिने

हिमाल प्रेस ९ वैशाख २०८१ ७:२१ | Sunday, April 21, 2024
मलामी बोक्ने बसलाई विराटनगर महानगरले निःशुल्क इन्धन दिने

काठमाडौँ- मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसलाई विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ।

विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो।

विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नं १० ले अन्सारी र ज्येष्ठ नागरिकको आज सम्मान गरेको थियो। सो सम्मान कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मलामीका लागि सञ्चालित बसलाई मासिक इन्धन उपलब्ध गराउने घोषणा गरेका हुन्।

उनले भने, ‘यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ। बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ।’

महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको छ। ज्येष्ठ नागरिकलाई सो अवसरमा कम्बल, छाता, हर्लिक्स, फलफूल प्रदान गरेर सम्मान गरिएको थियो। वडाभित्र बसोबास गर्ने एक सय जनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिए।

कार्यक्रममा सम्मानित अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिकयात्रामा जानका लागि समेत निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका छन्। रासस

प्रकाशित: ९ वैशाख २०८१ ७:२१ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast