मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा घाटका कर्मचारीको मृत्यु

हिमाल प्रेस ३ वैशाख २०८१ २०:२९ | Monday, April 15, 2024
मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा घाटका कर्मचारीको मृत्यु प्रतीकात्मक तस्बिर।

विराटनगर- सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ। आज (सोमबार) दिउँसोे ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समिति’मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानीय २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो।

इटहरी उपमहानगरपालिका-४, गैरीगाउँबाट मलामी आएका ३७ वर्षीय उमेश तामाङ र धरानका ३० वर्षीय अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका तामाङको उपचारका क्रममा वेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ। फरार अनिल तामाङको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८१ २०:२९ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast