मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज

हिमाल प्रेस १३ वैशाख २०८१ ८:१२ | Thursday, April 25, 2024
मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज

काठमाडौँ- नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस मनाइँदैछ।

पूर्वअध्यक्ष अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्दैछ। अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो। अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए।

अधिकारीपछि ६ जना कम्युनिष्ट नेताले सरकारको नेतृत्व गरिसकेका छन्। तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको बढी चर्चा हुने गरेको छ। अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्ता वितरण गर्न सुरु गरेको थियो आफ्नो गाउँ आफैं बनाऔं कार्यक्रम पनि त्यही सरकारले ल्याएको हो। १०० बाट सुरु भएको बृद्ध भत्ता अहिले चार हजार रुपैयाँ पुगेको छ।

नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको पहिलो पुस्ताका व्यक्तित्व मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो।

अंग्रेजविरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा विराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए।

प्रकाशित: १३ वैशाख २०८१ ८:१२ | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast