मतदातालाई धन्यवाद दिँदै लिम्बूले भने : राजनीतिको बेथितिविरुद्ध घण्टी बजाइरहन्छु

हिमाल प्रेस १८ वैशाख २०८१ १२:३५ | Tuesday, April 30, 2024
मतदातालाई धन्यवाद दिँदै लिम्बूले भने : राजनीतिको बेथितिविरुद्ध घण्टी बजाइरहन्छु

काठमाडौँ- इलाम-२ बाट प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले राजनीतिमा कायम रहेको बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहने बताएका छन्।

मंगलबार अन्तिम मतपरिणाम आएपछि सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै उनले मुलुकमा सुशासन, सबैको आत्मसम्मान र सामाजिक न्यायसहितको उन्नत लोकतन्त्र, संघीय गणतन्त्रका पक्षमा काम गरिरहने बताएका छन्।

उनले भने, ‘प्रिय इलामेली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू! सर्वप्रथम यहाँहरू सबैमा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु। नेपालको राजनीतिक प्रणालीलाई थप सुदृढ गर्न र दलीय प्रतिस्पर्धासहितको लोकतन्त्रलाई मजबुद पार्न यहाँहरूले गर्नुभएको मतदान आफैँमा एउटा बलियो आधारस्तम्भ हो भन्ने मलाई लागेको छ।’

लिम्बूले आफूसँगै प्रतिस्पर्धा गरेर निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई तथा शुभकामना दिएका छन्। उपनिर्वाचनमा नेकपा एमालेका सुहाङले २७,७७२ (निर्वाचित) नेपाली कांग्रेसका डम्बर खड्का २१,९४२, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११,४५७ र रास्वपाका मिलन लिम्बूले ५,०५० मत ल्याएका छन्। लिम्बूकाे जमानत जफत भएकाे छ।

प्रकाशित: १८ वैशाख २०८१ १२:३५ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast