भोजपुर गोल्डकप वैशाख दोस्रो सातादेखि, आठ टोल सहभागी हुने

हिमाल प्रेस १ वैशाख २०८१ १५:२५ | Saturday, April 13, 2024
भोजपुर गोल्डकप वैशाख दोस्रो सातादेखि, आठ टोल सहभागी हुने सांकेतिक तस्बिर।

भोजपुर- सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता वैशाख ९ गतेदेखि १५ गतेसम्म हुने भएको छ। भोजपुर रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ।

गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल संघ आठ टोलीको सहभागिता रहने छ।

प्रतियोगिता सञ्चालनका लागि ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको भोजपुर जिल्ला फुटबल संघका महासचिव तुफान किराँत बान्तावाले बताए। जसमा भोजपुर नगरपालिकाले विनियोजन गरेको ३० लाख र बाँकी रकम प्रायोजकहरुबाट संकलन गरिने उनको भनाइ छ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन्।

प्रकाशित: १ वैशाख २०८१ १५:२५ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast