भेडी गोठमा आगलागी : एक व्यक्ति र ६० भेडाको जलेर निधन

हिमाल प्रेस ३० चैत २०८० १५:०२ | Friday, April 12, 2024
भेडी गोठमा आगलागी : एक व्यक्ति र ६० भेडाको जलेर निधन प्रतीकात्मक तस्बिर

काठमाडौँ- हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ। गाउँभन्दा केही पर रहेको कुरिल्ला लेकको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताए। अहिले उनको शव आफन्तको जिम्मा लगाइएको छ। भेडीगोठको आगलागीमा परेर ६० वटा भेडा समेत मरेको उनले बताए। रासस

प्रकाशित: ३० चैत २०८० १५:०२ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast