बैतडीमा पासोमा परेको चितुवाको उद्धार

हिमाल प्रेस ११ वैशाख २०८१ १८:४२ | Tuesday, April 23, 2024
बैतडीमा पासोमा परेको चितुवाको उद्धार फाइल तस्बिर।

बैतडी- बैतडीमा पासोमा परेको चितुवाको आज (मंगलबार) उद्धार गरिएको छ। सिगास गाउँपालिका-९, चुवाँ भेरिखोलामा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको हो।

डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो।

पशु चिकित्सकले उपचार गरेपछि चितुवालाई सिगास संरक्षित वनमा छाडिएको उनले बताए। चितुवाको खुट्टामा सामान्य चोट रहेकाले उपचारपछि सिगास संरक्षित वनमा छाडिएको हो।

पासोमा परेको अन्दाजी दुई वर्षको चितुवालाई स्थानीयवासीले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबर गरेका थिए।

प्रकाशित: ११ वैशाख २०८१ १८:४२ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast