बिहानैबाट धुम्म बन्यौ काठमाडौँ, मौसम विभाग भन्छ : आज पानी पर्ने सम्भावना छ

हिमाल प्रेस १४ वैशाख २०८१ ६:२५ | Friday, April 26, 2024
बिहानैबाट धुम्म बन्यौ काठमाडौँ, मौसम विभाग भन्छ : आज पानी पर्ने सम्भावना छ

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशको बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आज राति देशभर आंशिक बदली देखि मौसम सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

भोलि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको ।

प्रकाशित: १४ वैशाख २०८१ ६:२५ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast