बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो र कांग्रेस तेस्रो

हिमाल प्रेस १६ वैशाख २०८१ १७:४७ | Sunday, April 28, 2024
बझाङमा एमालेको अग्रता कायमै, माओवादी दोस्रो र कांग्रेस तेस्रो

काठमाडौँ- बझाङ–१ को प्रदेशसभा उपचुनावअन्तर्गत जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार दमन भण्डारीले सुरूवाती अग्रता कायम नै राखेका छन्। छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४, ५ र ६ वडामा मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारीले एक हजार ५ सय ५ मत पाएका छन्।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले ९ सय ९५ मत पाएका छन्। तेस्रो स्थानमा ओर्लिएमा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९ सय १८ मत पाएका छन्।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५ सय ७७ मत पाएका छन्। राप्रपाका किशोर खड्काले २० मत पाएका छन्। ६७ मत बदर भएका छन्। बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्। २०७९ मा भएको निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार एक सय १२ मत ल्याएर जितेका थिए भने यहाँ एमालेका उम्मेदवार अफिलाल ओखेडाले १३ हजार तीन सय ३६ मत ल्याएका थिए।

प्रकाशित: १६ वैशाख २०८१ १७:४७ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast