बझाङमा एमालेका भण्डारी निर्वाचित

हिमाल प्रेस १७ वैशाख २०८१ १३:५० | Monday, April 29, 2024
बझाङमा एमालेका भण्डारी निर्वाचित

काठमाडौँ- बझाङको प्रदेशसभा १(१)मा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको छ। आज दिउँसो सम्पन्न मतगणनापछि एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।

उनले ११६१२ विजयी मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए। नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए र तेस्रो भए एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएर चौँथो भए। यहाँ एक पदका लागि ११ जना उम्मेदवार थिए।

२०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए। उनको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। त्यसबेला उनले नेकपा एमालेका अभिभाल ओखेडालाई पराजित गरेका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए। अहिले पराजित कांग्रेसका उम्मेदवार उनै सिंहका छोरा हुन्।

प्रकाशित: १७ वैशाख २०८१ १३:५० | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast