फूलको सौन्दर्यले छोपेको प्रदूषण [तस्बिरहरू]

दिपेश श्रेष्ठ ७ वैशाख २०८१ १२:४० | Friday, April 19, 2024
फूलको सौन्दर्यले छोपेको प्रदूषण [तस्बिरहरू]

हिलैमा भ्यागुतो बस्छ हिलैमा कमल स्थिति
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति।

भ्यागुतो हिलोमा बस्छ र कमल पनि हिलैमा फुल्छ। भ्यागुताको आवाज कोही सुन्न चाहँदैन, कमलको फूलमा आकर्षित नहुने कोही हुँदैन। जुन ठाउँमा बसोस् गुणग्राही व्यक्तिलाई सबैले मन पराउँछन्। हो, अचेल राजधानीका खोला र नदी किनारा देख्दा कविशिरोमणि लेखनाथ पौड्यालको तिनै पंक्तिको स्मरण हुन्छ।

सहरीकरण, जनसंख्या वृद्धि र कंक्रिटका घरबाट निस्किएका फोहोरले खोला र नदी निकै दुर्गन्धित छन्। बागमती, विष्णुमती, धोबीखोलालगायतका किनार हुँदै हिँड्दा ठाउँठाउँमा दुर्गन्धले उकुसमुकुस बनाउँछ। अहिले ती खोलाका किनारतिर दुर्गन्ध बिर्साउने गरी विभिन्न थरीका रंगीचंगी फूल फुलेका छन्।

ऋतु परिवर्तनसँगै बोटबिरुवामा पलाएका पालुवा फक्रिएका छन्। देशैभरि हरियाली छाएको छ। ऋतुराज वसन्तको मध्यमा फुलेका रंगीचंगी फूल फक्रिएर ढकमक्क भएका छन्। काठमाडौँ पार्क मात्र हैन सडक किनार पनि ढकमक्क फुलेका फूलले रंगीन अनि मनमोहक छन् यतिबेला।

मानिस व्यस्त दैनिकीका बीच केही क्षण टक्क अडिएर फक्रिएका फूल हेर्दै रमाउँछन्। धोबीखोला करिडोरको रातोपुलदेखि कालोपुल खण्ड बढी आकर्षक देखिन्छ।

 

प्रकाशित: ७ वैशाख २०८१ १२:४० | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast