पोखरा- कक्षा १२ को जारी परीक्षामा सामाजिक शिक्षा विषयको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा पोखराबाट दुई जना शिक्षक पक्राउ परेका छन्।
आइतबार एक परीक्षा केन्द्रमा सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचना आधारमा जिल्ला प्रहरी कार्यालयले ३९ वर्षीय नारायण बास्तोला र रामचन्द्र बास्तोलालाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले कक्षा १२ को उत्तरपुस्तिका ८ थान र मोबाइल ३ थान समेत बरामद गरी शिक्षा ऐन, २०२८ अन्तर्गत कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित: १७ वैशाख २०८१ १९:५७ | Monday, April 29, 2024
प्रतिक्रिया




