प्रधानमन्त्रीलाई भेटेर निस्किएका ओलीले भने : कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ

हिमाल प्रेस ३० चैत २०८० १४:१३ | Friday, April 12, 2024
प्रधानमन्त्रीलाई भेटेर निस्किएका ओलीले भने : कांग्रेसले सदन चल्न दिएन, अधिवेशन अन्त्य हुन्छ फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने तयारी गरेको जानकारी दिएका छन्। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर निस्किएका ओलीले कांग्रेसले संसद् चल्न नदिएकाले हिउँदे अधिवेशन हुने बताएका हुन्।

‘अधिवेशन अन्त्य हुन्छ, फेरि अर्को सुरू हुन्छ यस्तै हो,’सिंहदरबारमा पत्रकारहरूसँग भने, ‘कांग्रेसले संसद चल्न दिएन।’

मन्त्रिपरिषद् अघि प्रधानमन्त्री दाहालले प्रमुख सत्ताघटक एमालेका अध्यक्ष ओलीसँग छलफल गरेका हुन्। आजै मन्त्रिपरिषद् बैठक पनि बस्दैछ।

प्रकाशित: ३० चैत २०८० १४:१३ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast