कोशी प्रदेशसभा बैठक। फाइल तस्बिर
काठमाडौँ– कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान भएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले सभाका एक चौथाइभन्दा बढी सदस्यको मागअनुसार आउँदो वैशाख ६ गतेका लागि आह्वान गरेका हुन्।
संघीय सरकारमा सत्ता गठबन्धन हेरफेर भएसँगै त्यसको प्रभावमा परेको कोशीमा पनि सरकार परिवर्तनको चलखेल भइरहेको छ। एमाले–माओवादीका ५२ सांसदले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेश प्रमुखलाई जानकारी गराइसकेका छन्।
उता मुख्यमन्त्री कार्कीले भने आफूले व्यक्तिले दिएको विश्वासको मत दलले फिर्ता गरेर नहुने र आफूले विश्वासको मत नलिने तथा राजीनामा पनि नदिने बताउँदै आइरहेका छन्।
सरकारले यसअघि नै जेठ ११ गते नियमित अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष पत्राचार गरेको थियो।

प्रकाशित: २८ चैत २०८० १६:३५ | Wednesday, April 10, 2024
प्रतिक्रिया



