पौडीपोखरीमा बढ्यो चहलपहल [तस्बिरहरू]

दिपेश श्रेष्ठ १० वैशाख २०८१ १२:२८ | Monday, April 22, 2024
पौडीपोखरीमा बढ्यो चहलपहल [तस्बिरहरू]

काठमाडौँ– केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ। तापक्रम बढेपछि विभिन्न स्थानमा तातो हावासमेत चल्न थालेकाले जनजीवन प्रभावित भएको छ।

मौसम परिवर्तनसँगै बढेको तापक्रमले काठमाडौँ उपत्यकाका पौडीपोखरीमा मानिसको चहलपहल बाक्लिएको छ। चिसो खानेकुराको खपत बढेको छ भने पोखरीमा डुबुल्की मार्नेको पनि भीड बढेको छ।

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार सोमबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस छ। सबैभन्दा बढी भैरहवाको अधिकतम तापक्रम ४०.६ रेकर्ड गरिएको महाशाखाले जनाएको छ।

 

प्रकाशित: १० वैशाख २०८१ १२:२८ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast