पूर्वकर्मचारीलाई देउवाको निर्देशन : कांग्रेसकाे पूर्ण बहुमत आउने गरी काम गर्नुस्

हिमाल प्रेस १४ वैशाख २०८१ १४:४३ | Friday, April 26, 2024
पूर्वकर्मचारीलाई देउवाको निर्देशन : कांग्रेसकाे पूर्ण बहुमत आउने गरी काम गर्नुस् सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत आउनेगरी अभियान सफल बनाउन निर्देशन दिएका छन्।

शुक्रबार काठमाडौँमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा लोकतन्त्र प्राप्तिसहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका रहेको बताए। उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र स्थायी हुने बताए। उनले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरूलाई हुने पनि बताए।

उनले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने पनि बताए। उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अभिष्ट भएको बताए। सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए।

प्रकाशित: १४ वैशाख २०८१ १४:४३ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast