‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश सपूत

हिमाल प्रेस १४ वैशाख २०८१ १२:०६ | Friday, April 26, 2024
‘पूर्ण बहादुरको सारङ्गी’ मा प्रकाश सपूत

काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक तथा कलाकार प्रकाश सपूत अनुबन्धित भएका छन्। निर्माण पक्षले सपूतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो। उनको भूमिकाको बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको छैन।

फिल्मको लेखन तथा निर्देशन सरोज पौडेल हुन्। फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ। आगामी वर्ष २०८२ मा विश्वभर प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ।

जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको फिल्म सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्नेछ। फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ। प्रशान्त सिवाकोटीको संगीत रहने भनिएको फिल्म फिल्ममा रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन्।

प्रकाशित: १४ वैशाख २०८१ १२:०६ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast