‘पुजार सार्की’ को गीत ‘दर्शन गरेँ’

हिमाल प्रेस ७ वैशाख २०८१ १९:०७ | Friday, April 19, 2024
‘पुजार सार्की’ को गीत ‘दर्शन गरेँ’

काठमाडौँ-  फिल्म ‘पुजार सार्की’ को गीत ‘दर्शन गरेँ’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। हर्क साउदका शब्द र सुवास भुसालको संगीत रहेको गीतमा प्रकाश सपूत र शान्ति श्री परियारको स्वर छ।

गीत मगर जातिहरूको परम्परा अनुसारको कौडा नृत्यमा आधारित छ। शिशिर खातीले कोरियोग्राफी गरेको गीतकाे भिडियोमा फिल्मका कलाकार आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बुको नृत्य हेर्न सकिन्छ।

आगामी जेठ १० मा प्रदर्शन हुने फिल्म दिनेश राउतले निर्देशन गरेका हुन्। फिल्मको कथा विकास सुवेदीले लेखेका छन्। फिल्ममा अन्य कलाकार मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको अभिनय छ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको फिल्म संगीतकार सुवास भुसालले निर्माण गरेका हुन्। फिल्म राजेश श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, उत्तम न्यौपानेको साउण्ड डिजाइनमा बनेको छ।

यस्ताे छ गीत 

प्रकाशित: ७ वैशाख २०८१ १९:०७ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast