पाकिस्तानको राष्ट्रिय दिवसमा काठमाडौँमा विशेष समारोह

हिमाल प्रेस ४ वैशाख २०८१ १५:३४ | Tuesday, April 16, 2024
पाकिस्तानको राष्ट्रिय दिवसमा काठमाडौँमा विशेष समारोह

काठमाडौँ– पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसका अवसरमा काठमाडौँस्थित पाकिस्तानी दूतावासले विशेष समारोह आयोजना गरेको छ। समारोहमा उपराष्ट्रपति रामसहाय यादव, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपसभामुख इन्दिरा रानामागर, परराष्ट्र सचिव सेवा लम्साललगायत सहभागी थिए।

यसैगरी राजनीतिक दलका नेताहरू, उद्योगी व्यवसायी, नगारिक समाजका अगुवा, सुरक्षा निकायका उच्च अधिकारी, निजामती सेवाका उच्च अधिकारी, काठमाडौँस्थित कूटनीतिक निकायका प्रतिनिधिको पनि समारोहमा उपस्थिति थियो।

समारोहमा नेपालका लागि पाकिस्तानी राजदून अब्रार एच हास्मीले मुहम्मद अली जिन्नाको नेतृत्वमा पाकिस्तान निर्माण भएको बताए। साथै उनले पाकिस्तानले विश्वशान्तिमा योगदान दिएको बताउँदै सबैसँग मित्रता र शान्तिपूर्ण सहअस्तित्वका लागि आकांक्षा राखिएको बताए।

यसैगरी उनले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको बताए।

प्रकाशित: ४ वैशाख २०८१ १५:३४ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast