इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन्।
अधिकारीका अनुसार उत्तरी वजरिस्तानको आदिवासी समुदाय बहुल क्षेत्रमा बालबालिकाहरूले खेल्दा क्रममा बारुदी सुरुङमा कुल्चिँदा विस्फोट भएकाे हाे।
विस्फोटमा घाइते भएकामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। घाइते बालकलाई उपचारको लागि नजिकैको अस्पतालमा लगिएको छ। रासस/सिन्ह्वा
प्रकाशित: १ वैशाख २०८१ १५:४४ | Saturday, April 13, 2024
प्रतिक्रिया





