पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

हिमाल प्रेस ११ वैशाख २०८१ ८:२० | Tuesday, April 23, 2024
पठन संस्कृतिको विकास गर्न ‘कर्णाली साहित्य महोत्सव’

कर्णाली- पठन र लेखन संस्कृतिको विकास गर्न कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको छ।

फ्युचर नेपाल र कर्णाली रिडर्स सोसाइटीको आयोजनामा आज ‘कर्णाली साहित्य महोत्सव’ हुने भएको हो। कर्णालीको भाषा, साहित्य र संस्कृतिको विकास बारे विमर्श गर्न महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक डा. नवराज केसीले जानकारी दिए।

कर्णाली प्रदेश प्रमुख तिलक परियारले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ। वीरेन्द्रनगर नगरपालिका र सुर्खेतमा अवस्थित विद्यालयहरूसँगको समन्वय र सहकार्यमा कर्णालीमा पहिलोपटक आयोजित महोत्सवमा ६०० पुस्तक प्रदर्शनी गरिने जनाइएको छ।

महोत्सव आयोजक समितिका सदस्य तथा लेखक माधव चौलागाईंका अनुसार महोत्सवबाट पठन तथा लेखन संस्कृतिको विकास हुनुका साथै कर्णाली प्रदेश सरकार र स्थानीय तहको शैक्षिक योजना निर्माणमा सहयोग पुग्नेछ। रासस

प्रकाशित: ११ वैशाख २०८१ ८:२० | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast