नेसपाले बझाङको प्रदेशसभा उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने

हिमाल प्रेस ८ वैशाख २०८१ १४:०६ | Saturday, April 20, 2024
नेसपाले बझाङको प्रदेशसभा उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) ले बझाङको प्रदेशसभा उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको छ।

महाधिवेशन आयोजक समितिका संयोजक डा.बाबुराम भट्टराईको अध्यक्षतामा पार्टी कार्यालय तीनकुनेमा वैशाख ५ र ६ गते बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

‘यही वैशाख १५ मा हुने उपनिर्वाचनमा बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को हकमा ‘राइट टू नो भोट’को नीति अपनाउने निर्णय भएको छ’, नेसपाका प्रवक्ता कृष्ण शर्माले भने।

यही वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनमा भने नेसपाले स्वतन्त्र उम्मेवार डकेन्द्र सिं थेगिमलाई समर्थन गरेको छ।

प्रकाशित: ८ वैशाख २०८१ १४:०६ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast